डिजिटल बैंकिङ्लाई सुरक्षित बनाउन एनआईसी एशिया बैंकले गर्यो वेबसाइटको स्तरोन्नति

डिजिटल बैंकिङ्लाई सुरक्षित बनाउन एनआईसी एशिया बैंकले गर्यो वेबसाइटको स्तरोन्नति

बैंक खबर । समयअनुरुप परिष्कृत सेवातथा सुविधाहरुका साथ लाखौं ग्राहकलाई आधुनिक बैंकिङको अभ्यास गरिरहेको एनआई सी एशिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटकासाथ आफ्नो वेबसाइट nicasiabank.com लाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । 

बैंकले आफ्ना सेवा तथा सुविधाहरु थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्यअनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो । ग्राहकले खोजेको प्रोडक्ट, विवरण वाजानकारी आवाज (voice command) द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । साथै, ग्राहकले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहकले सहजै सर्च हिस्ट्री थाहापाउन सक्नेछन ।

मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाएको जनाएको छ । वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाइसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयरआवेदन, मर्चेन्ट आवेदन, ई-सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्तालगाउन सकिनेलगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगकालागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन् ।

यस बैंकको मोबाइल बैंकिङ (NIC ASIA MoBank) एपमा रहेको Omnichannel प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, इ-कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवा वेबसाइटमार्फत उपभोग गर्न सकिने बैंकले जनाएको छ । बैंकको नयाँ वेबसाइट सार्वजनिक भएसँगै डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई बैंकको बारेमा सम्पूणर् जानकारी लिन र सेवा उपभोग गर्न अत्यन्त सहज र सरल हुने विश्वास बैंकले लिएको छ । 

एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवादिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल  १९ अर्ब ९२ करोड रुपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गतआर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको बैंकले जनाएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखाकार्यालयहरू स्थापना गरेको जनाएको छ ।

All financial informationa at your fingertips.


शेयर गर्नुहोस