बेटिङ प्रचारको आरोपमा कालाकार बल्छी धुर्बे सहित ८ जना पक्राउ

बेटिङ प्रचारको आरोपमा कालाकार बल्छी धुर्बे सहित ८ जना पक्राउ

बैंक खबर । हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) लाई प्रहरीले पक्राउ गरेको छ । अवैध सट्टेबाजी कारोबार वान एक्स बेटिङमा संलग्न भएको आरोपमा उनीहरुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुमाथि सामाजिक सञ्जाल युट्युबमा वान एक्स बेटिङका बारेमा विज्ञापन गरेको आरोप लागेको छ । अवैध सट्टेबाजी प्लाटफर्म ‘वानएक्स बेट’ को विज्ञापन गरेको भन्दै सोधपुछ गर्न नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

बुधबार मात्रै प्रहरीले सट्टेबाजी गरी ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस