मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘अरोगिन हेल्थ केयर’ मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘अरोगिन हेल्थ केयर’ मा विशेष छुट

बैंक खबर । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको विशालनगरस्थित ‘अरोगिन हेल्थ केयर’का विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् । छुट प्रदान गर्ने सम्बन्धमा बैंकले हेल्थ केयरसँग सम्झौता गरेको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले बैंकबाट जारी भिसा डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा विभिन्न सेवामा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । अरोगिन हेल्थ केयरले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचा, छाला, दाँतसम्बन्धी समस्याको हेरचाह सेवा दिँदै आएको छ । 

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकबाट जारी भएका कार्डबाट नेपालभर रहेका भिजा नेटवर्कमा आवद्ध अन्य बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सक्ने सुविधा पनि दिएको छ । 

यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल सेवा, कर्जा सेवा लगायतका सेवा भौतिक रुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस