लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता

बैंक खबर । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । सोमबार आयोजित कार्यक्रममा मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकको तर्फबाट सञ्चालक बच्छराज तातेडले हस्ताक्षर गरेका छन् ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक बराबर स्वाप रेसियो (१ः१ अनुपात)मा मर्जरमा जान सहमत भएका छन् । मर्ज भएपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ । यस्तै बैंक्को प्रमुख कार्यकारी अधिकृत हालका लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह हुनेछन् । बैंक गाभिएपछि बस्ने सञ्चालक समितिको पहिलो बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्ने सहमती भएको छ । 

अब यो सम्झौतापत्रमा उल्लेख भएका व्यवस्थाहरु दुवै बैंकको साधारणसभाबाट पारित भई राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरेपछि एकीकृत कारोबार सुरु गर्नेछन् । 
 

All financial information at yor fingertips.


शेयर गर्नुहोस