राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई सम्मान, प्रति खेलाडी एक लाख नगद प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रिकेट खेलाडीलाई सम्मान, प्रति खेलाडी एक लाख नगद प्रदान

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्माना गर्दै खेलाडी तथा अफिसियलअरुलाई सम्मान गरेको छ । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र ८ अफिसिलयलहरुलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको र अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरुलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउन क्रिकेटको भूमीका महत्वपूर्ण रहेको भन्दै आगामी आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय रुपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको उल्लेख गर्दै अन्य खेलकुदलाई पनि बैंकले सहयोग गरको बताए । क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रुपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने सपना सबै नेपालीको भएको तर अफूले पूरा गर्न पाएकोमा खुशी लागेको बताए । 

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु, नायव प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरु विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धक, मुख्य शाखा कार्यालयका प्रबन्धक, कर्पोरेट शाखाका प्रबन्धक लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकको हाल  देशका ७७ वटै जिल्ला सदरमुकामसहित २७१ शाखा कार्यालय, ५२ एक्सटेन्सन काउन्टर, २६९ एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड, पस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङका सेवाहरु उपलब्ध गराउँदै आएको छ । 
 

All financial information at your fingertips


शेयर गर्नुहोस