सिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता

सिटिजन्स बैंक र अरोगिन हेल्थ केयरबीच सम्झौता

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थ केयर प्रा.लि.बीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार हेल्थ केयरले सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुलाई ४५ प्रतिशतसम्म आकर्षक छुट दिनेछ । 

बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबार तर्फ प्रेरित गर्ने विश्वास लिएको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

बैंकले १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाइबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस