मुक्तिनाथ विकास बैंकका ग्रहाकलाई कास्की मेडेल हस्पिटलमा छुट

मुक्तिनाथ विकास बैंकका ग्रहाकलाई कास्की मेडेल हस्पिटलमा छुट

बैंक खबर । मुक्तिनाथ विकास बैंकका ग्राहकले पोखराको कास्की मोडेल हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकबाट जारी भएका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा अस्पतालका सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् । 
डिजिटल करोबारको प्रोत्साहनका लागि बैंकले डेविट कार्ड प्रयोग गरी भिसा नेटवकर्मा आवद्ध जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सक्ने व्यवस्था समेत गरेको छ । यस्तै प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, कर्जा तथा खाता सञ्चालन आवेदन, इन्टरनेट बैंकिङ, रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ जस्ता सेवा घरबाटै लिनसकिने सुविधा बैंकले दिएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस