४२ दिनका लागि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

२०८२ असार १ गते आइतबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४२ दिनका लागि ४० अर्ब रुपैयाँ उठाउने भएको हो । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार अपराह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्नुपर्नेछ ।
आज संकलन गरेको निक्षेपको साँवा तथा ब्याज आगामी साउन ११ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।