राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंकले जेठ १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ५.४ प्रतिशत देखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेप खताको अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर तोको छ ।
बैंकको औसत आधार दर ८.६ प्रतिशत रहेको छ । बैंकले स्थिर ब्याजदरमा कर्जा लिन चाहनेहरुका लागि न्यूनतम १४.२५ प्रतिशत देखि अधिकतम १६.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । अन्य कर्जाको हकमा आधारदरमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ३.७५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर निर्धारण हुने उल्लेख गरेको छ ।
बैंकको ब्याजदर विस्तृतमा हेर्नुहोस्
All financial information at your fingertips.