प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर कति ?

प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर कति ?

बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्सले १०.५२६ प्रतिशत (कर समेत) को दरले लाभांश दिने घोषणा गरेको हो ।

इन्स्योरेन्सको वैशाख २५ गतेको सञ्चालक समितिको १४०औँ बैठकले सो दरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश मध्ये चुक्ता पूँजीको १०.५२६ प्रतिशत (कर समेत) को दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीमा वितरण हुने इन्स्योरेन्सले जनाएको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस