नागरिक लगानी कोषको साधारणसभा असार ३१ गते, १४ प्रतिशत बोनस सेयर प्रस्ताव

नागरिक लगानी कोषको साधारणसभा असार ३१ गते, १४ प्रतिशत बोनस सेयर प्रस्ताव

बैंक खबर । नागरिक लगानी कोषले असार ३१ गते २९ औँ वार्षिक साधारणसभा डाकेको छ । कोष सञ्चालक समितिको आइतबार बसेको बैठकले सो दिन बिहान ११ बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा साधारणसभा डाकेको हो । 

साधारणसभाले कोषको आर्थिक वर्ष २०७९/८०को आम्दानीबाट बाँडफाँट हिसाब विवरणमा छु्ट्याइएको प्रस्तावित १४ (चौध) प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ । 

यस्तै आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । 

साधारणसभा र बोनस सेयर वितरण प्रयोजनका लागि कोषले असार २० गते एक दिन सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिल खारेज कार्य बन्द गर्ने जनाएको छ । यसअनुसार असार १९ गतेसम्म कायम सेयरधनी साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस