नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट पाँच प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख १७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल सरकार, नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भई र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस