विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन गर्न प्रभातफेरी आयोजना

विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन गर्न प्रभातफेरी आयोजना

बैंक खबर । नेपाल राष्ट्र बैंकले शनिबार काठमाडौंमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी – २०८०’ कार्यक्रम आयोजना गरेको छ । 

वद्युतीय माध्यमबाट हुने भुक्तानी कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले उक्त प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले प्रभातफेरी कार्यक्रमको शुभारम्भ गर्दै विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहनको निम्ति सरोकारवाला सबै पक्षलाई आह्वान गरेका छन् । 

दरबारमार्गबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, जमलबाट पुनः दरबारमार्ग हुँदै नारायणहिटी सङ्ग्रहालय, नारायणचौर, प्रहरी नक्साल, भाटभटेनी हुँदै बालुवाटारस्थित बैंक परिसरमा पुगेर समापन भएको थियो । 

कार्यक्रममा कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विप्रेषण कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रतिनिधिसँगै राष्ट्र बैंकका उच्च अधिकारी र कर्मचारीसहित छ सयभन्दा बढीको सहभागिता थियो । 

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा यस वर्षलाई ‘विद्युतीय भुक्तानी प्रवद्र्धन वर्ष’को रूपमा मनाउने घोषणा गरिएको थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस