सूर्यज्योति लाइफले बोलायो साधारणसभा

सूर्यज्योति लाइफले बोलायो साधारणसभा

बीमा खबर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ औं वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले जेठ ४ गते विरातनगरको होतल हैरिसन प्यालेसमा विहान १० बजेका लागि साधारणसभा बोलाएको हो ।

साधारणसभाले साविकको सूर्या लाइफ इन्स्योरेन्स र साविकको ज्योति लाइफ इन्स्योरेन्सको लेखापरीक्षकको प्रतिवेदन सहित सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । 

२०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ । 
यस्तै संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि वैशाख २१ गते शेयरधनी किताब बन्द गर्ने इन्स्योरेन्सले जनाएको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्रै साधारणसभामा सहभागिता जनाउन सक्नेछन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस