महुली लघुवित्तको एफपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

महुली लघुवित्तको एफपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

२०८१, पुृस ५ गते शुक्रबार । 

बैंकको खबर । महुली लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउन एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर निष्काशन गरेको हो । 

एफपीओका लागि सर्वसाधारण लगानीकर्ताले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो मितिभिित्र माग भएजनि आवेदन नपरेमा पुस १९ गतेसम्म निष्काशन अवधि लम्बिने लघुवित्तले जनाएको छ । 

एफपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म  आवेदन दिन सकिनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । 

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

All banking information at your fingeritps.


शेयर गर्नुहोस