युनिक नेपाल लघुवित्तले पुस १० गते साधारणसभा गर्ने

युनिक नेपाल लघुवित्तले पुस १० गते साधारणसभा गर्ने

२०८१ मंसिर १७ गते सोमबार 

बैंकको खबर । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २०८१ पुस १० गते छैठौँ वार्षिक साधारणसभा डाकेको छ । मंसिर १५ बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले पुस १० गते बिहान १० बजे बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ४ स्थित होटल सेन्ट्रल प्लाजामा साधारणसभा बोलाएको हो । 

साधारणसभा प्रयोजनका लागि लघुवित्तले पुस २ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा सहभागि हुन पाउनेछन् ।  

All banking information at your fingertips.


शेयर गर्नुहोस