मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, ७.५ प्रतिशत बोनस सेयर दिने

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, ७.५ प्रतिशत बोनस सेयर दिने

२०८१ पुस २ गते मंगलबार । 

बैंकको खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । 

पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

सञ्चालक समितले निर्णय गरेको लाभांशमध्ये ७.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद लाभांश रहेको छ।

सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस