मेरो माइक्रोफाइनान्सद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता तालिम प्रदान

मेरो माइक्रोफाइनान्सद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता तालिम प्रदान

बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाको सुनसरी जिल्लाको लौकही शाखा कार्यालयद्वारा ‘विद्यार्थी सग मेरोमाइक्रोफाइनान्स” अभियान अन्तरगत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

‘ग्लोबल मनि विक २०२४’का अवसरमा लघुवित्तले सुुनसरी जिल्लाको कोशि गाउँपालिका लौकही बजार स्थीत कोशी  माविका विद्यार्थिहरुलाई एक दिने वित्तीय साक्षरता तालिम प्रदान गरेको हो । 

चैत ६ गते सम्पन्न भएको तालिममा ६७ जना विद्यार्थी सहभागि थिए । तालिममा विद्याथीहरुलाई वित्तीय साक्षरता अन्तरगत बचत, कर्जा, बिमा, रेमिट्यान्स, पारिवारीक बजेट, वित्तीय लक्ष्य निधारण, आधुनिक बैंकिगको बारेमा सिकाइएको थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस