ज्योति विकास बैंकका ग्राहकहरुलाई हमर फिटनेस एण्ड जिममा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई हमर फिटनेस एण्ड जिममा विशेष छुट

बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘ हमर फिटनेस एण्ड जिममा’ मा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

यस सम्झौतापछि ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फिटनेस एन्ड जिममा १० प्रतिशतसम्म सम्म छुट प्राप्त गर्न सक्नेछन्। आधुनिक मेसिनहरु तथा गुणस्तरीय सेवा र ट्रेनरहरु सहितको हमर फिटनेस एण्ड जिमले स्वस्थ जीवनशैली र व्यायामलाई महत्त्व दिदै सेवा प्रवाह गर्दै आएको छ। 
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस