डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता

बैंक खबर । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता भएको छ । दवै लघवित्तले फागुन ३० गते साधारणसभामार्फत गाभ्ने गाभिने सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेका थिए । 

साधारणसभाले डिप्रोक्सले आदर्शलाई एक बराबर एक शेयर स्वाप अनुपातमा प्राप्ती गर्ने प्रस्ताव अनुमोदन भएको थियो । सोही अनुरुप गाभ्नेगाभिने सम्बन्धी अन्तिम सम्भौतमामा दुवै लघुवित्तका अध्यक्षहरुले हस्ताक्षर गरेका हुन् । 

अब दुई लघुत्ति एक भएपछि बन्ने लघुवित्तको चुक्तापूँजी एक अर्ब ५५ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

मर्जरसम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्ति गरेपछि एकीकृत कारोबार हुनेछ । 

All financial informationg at your fingertips.


शेयर गर्नुहोस