एभरेष्ट बैंकको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद दिने

एभरेष्ट बैंकको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद दिने

बैंकको खबर । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सो लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ । 

हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रुपैयाँ छ। १० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ।

एभरेष्ट बैंक गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले राष्ट्र बैंकबाट छिटो स्वीकृति पाएमा दशैँ अघि नै आफ्ना सेयरधनीको हातमा प्रतिफल पु¥याउने गरी वार्षिक साधारणसभा गरी प्रस्तावित लाभांश अनुमोदन गर्ने तयारी गरेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस