सानिमा बैंकको लाभांश घोषणा, बोनस कति ?

बैंक खबर । सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
भदौ २८ दिउँसो ४ बजे बसेको २६१औँ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले गरेको लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
All finanical information at your fingeritps.