सेयरबजारमा नेप्से परिसूचक बढ्यो, ३ अर्ब ४५ करोडको कारोबार

सेयरबजारमा नेप्से परिसूचक बढ्यो, ३ अर्ब ४५ करोडको कारोबार

सेयर खबर । सेयरबजारमा समान्य वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अंकको गिरावटपछि आज बुधबार सामान्य वृद्धिसहित कारोबार बन्द भएको छ । 

नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ अंकमा पुगेको छ । तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँको ९१ लाख ३८ हजार एक सय ५४ कित्ता सेयर किनबेच भएको छ । 

बुधबारको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेक अरु सबै समूह बढेका छन् । 

डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनीका सेयरधनी छन् । यो कम्पनीको सेयरमूल्य नौ दशमलव ७१ प्रतिशतले घटेको छ । 

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड अगाडि छ । यो कम्पनीको ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात रुपैयाँ बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता सेयर कारोबार भएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस