लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

बैंक खबर । सूर्यज्योति लाइफ इन्स्योरेन्सले वैशाख २१ गते १६औँ वार्षिक साधारणसभा डोकेको छ । २०८० चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले २०८१ वैशाख २१ गते शुक्रबार होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे साधारणसभा डाकेको हो । 

इन्स्योरेन्सले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा डाकेको हो । 

लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि इन्स्योरन्सले वैशाख ७ गते एक दिनका लागि सेयर नामसारी दाखिल खारेज कार्य बन्द रहने जनाएको छ । जसअनुसार वैशाख ६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन र लाभांश पांप्त गर्न सक्नेछन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस