११ महिनामा साढे ४३ अर्बको सुन आयात

बैंक खबर । चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म)मा ४३अर्ब ५२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७ प्रतिशतले धेरै हो ।
गतवर्ष ११ महिनाको अवधिमा ३९ अर्ब ३१ करोड रुपैयाँको सुन आयात भएको थियो ।
यस वर्ष पोहोरको तुलनामा सुनको मूल्य बढेका कारण रकममा आयातको ग्राफ बढेको देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार एक वर्ष अवधिमा सुनको मूल्य करिब १५ प्रतिशतले बढेको छ ।
नेपालमा सुनको आयातमा नेपाल राष्ट्र बैंकले कोटा तोक्ने गर्छ । राष्ट्र बैंकले तोकेको कोटाको आधारमा केही वाणिज्य बैंकहरुले आलोपालो दैनिक १० केजी परिमाणमा सुन आयात गरी व्यवसायीलाई बिक्री गर्दै आएका छन् ।
All financial information at your fingertips.