नोको इन्स्योरेन्सको लाभांश घोषणा, ७ प्रतिशत बोनस सेयर दिने
२०८२ वैशाख ११ गते बिहीबार ।
बीमा खबर । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
वैशाख ११ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमध्ये ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।