सिटिजन्स बैंकका ग्राहकले भारतको अपोलो हस्पिटल्समा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले भारतको अपोलो हस्पिटल्समा छुट पाउने

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलका कार्डबाहक ग्राहकले भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेजमा आकर्षक छुट पाउने भएका छन् । बैंकको कार्डबाट भुक्तानी गर्दा अस्पालले सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । 

बैंकका अनुसार भारतका विभिन्न नौ स्थानमा रहेका अपोलो हस्पिटल्सका नेटवर्कह?मा छुटको व्यवस्था लागू भएको हो । 

यससम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अपोलो हस्पिटल्सका तर्फबाट भाइस प्रेसिडेन्ट–इन्टरनेसनल बिजनेस डा. कार्तिक अनन्थरामनले हस्ताक्षर गरेका छन् ।

सिटिजन्स बैंकको भारतमा रहेका अस्पतालहरुसँग भएको सम्झौता यो दोस्रो हो । यसअघि बैंकले भारतस्थित मेदान्त–द मेडिसिटि अस्पतालसँग पनि ग्राहकलाई अस्पतालको सेवामा १५ प्रतिसतसम्म छुट दिने सम्झौतामा हस्ताक्षर गरेको थियो । 
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकले भारतमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिनसक्ने बैंकले जनाएको छ । 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस