मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच लगानी विस्तार गर्ने सम्झौता

मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच लगानी विस्तार गर्ने  सम्झौता

बैंक खबर । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच वैकल्पिक उर्जामा लगानी विस्तार गर्ने सम्झौता भएको छ । दुई संस्थाबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्ड (एसईसीएफ)अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको हो । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकले वैकल्पिक ऊर्जा क्षेत्रमा कर्जा विस्तार गर्नेछ। बैंकको यो कदमले नवीकरणीय ऊर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ। विगतमा पनि वातावरण प्रदूषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि कर्जा लगानी गर्दै आएको बैंकले जनाएको छ। 

यो सहकार्यपछि वातावरण संरक्षण र हरित ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको पनि बैंकले जनाएको छ।    


 

All financial information at your fingertips.


शेयर गर्नुहोस