कृषि विकास बैंकको मोवाइल बैंकिङ नयाँ भर्जनमा

कृषि विकास बैंकको मोवाइल बैंकिङ नयाँ भर्जनमा

बैंक खबर । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । डिजिटल्ली एडीबीएल भन्ने नाराका साथ विद्युतिय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ संचालन तथा परिमार्जन गरिरहेको छ । बैंकले भदौ २२ गतेबाट आफ्नो मोवाइल बैकिङ सिस्टम स्तरोन्नती गरेको छ । 

बैंकका करिव पाँच लाख मोवाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेससहित मोवाइल बैंकिङको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लस जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिएका छन् ।  बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लसमोवाइल बैंकिङमा निम्न वमोजिमका सुविधाहरु रहने बैंकले जनाएको छ । 


    मोवाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सीमा कायम हुने ।
    बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा परिपक्व मिति हेर्न सकिने ।
    विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न सकिने ।
    मोवाइलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको । 
    ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी ग्राहक फिडब्याकसब्न्धी व्यवस्था गरिएको । 
    कारोवारको म्ष्कउगतभीयमनभ गर्न सकिने
    बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोवाईल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने । 
    डेवीट कार्डको पिन विर्सेमा पुनः अनुरोध गर्न सकिने । 
    चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने । 
    वचत खातामा भएको रकमबाट मुद्धती खाता खोल्न सकिने । 
    रजिष्ट्रेशन गर्दाका वखत नै विभिन्न प्रश्नहरु सेटगरी मोवाइल बैंकिङ कारोवारलाई थप सुरक्षीत गर्न सकिने । 
    दोहोरो अथेन्टिकेसन गरी कारोवारको सुरक्षा गर्न सकिने । 
    खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरण लगायत अन्य क्वीक पेमेन्ट सम्बन्धी विशेषताहरु थप भएको । 
    बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको । 
    विभिन्न मर्चेन्टहरुको विल भुक्तानी गर्न सकिने । 
    अनलाइन खाता, व्याजदर, व्रान्च नेटवर्क लगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने 
    रजिष्टर्ड मोवाइलबाट ग्राहकले मोवाइल बैंकिङ सेवा वन्द गर्न चाहेमा ब्लक लेखि ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस