समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच समझौता
बैंक खबर । समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच पीएमएस व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा समृद्धिका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनी र हिमालयका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार हिमालयन क्यापिटलले संस्थामा आबद्ध ग्राहकको पीएमएस व्यवस्थापनको आवश्यक बैंकिङ सुविधाका लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने छ ।
समृद्धि फाइनान्सले १३ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ । फाइनान्सले आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता सुविधा प्रदान गर्दै आएको छ ।
All finacial information at your fignertips.