विदेशी मुद्राको सञ्चिति बढेपछि आयात खुकुलोबनाउन राष्ट्र बैंक लचक

बैंक खबर । नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाएको छ । सोमबार परिपत्र जारी गर्दै वस्तु आयात गर्दा एलसीको सीमा बढाएको हो । विदेशी मुद्रा सञ्चिति बढेपछि आयातका लागि खोलिने प्रतितपत्रको सीमा बढाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एकपटकमा अधिकतम अमेरिकी डलर साठ्ठी हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिनेछ । तर भारतबाट हुने आयातको हकमा यस्तो सीमा भारतीय रुपैयाँ तीन करोडसम्म हुने व्यवस्था गरेको छ ।
एकपटक सटही सुविधा प्राप्त गरेपछि सोही आयात तथा निर्यातकर्ताबाट सात दिनपछि मात्रै अर्को सटही सुविधा प्राप्त गर्ने व्यवस्था पनि गरेको छ ।
All financial information at your fingertips.