साउनदेखि माघसम्म वाणिज्य बैंकहरुले कमाए ३६ अर्ब नाफा

साउनदेखि माघसम्म वाणिज्य बैंकहरुले कमाए ३६ अर्ब नाफा

२०८१ फागुन २६ गते सोमबार ।

बैंकको खबर । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ मसान्त)मा ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् ।

गत आर्थिक वर्षको सात महिनाको तुलनामा बैंकहरुको नाफा १.६० प्रतिशत बढेको छ । गतवर्ष माघसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड रुपैयाँ कमाएका थिए । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरुको तथ्यांकअनुसार माघ महिनामा मात्रै बैंकहरुको नाफा ९ अर्ब रुपैयाँ बढेको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस