बेष्ट फाइनान्सको सीईओमा बालनरसिंह घर्ती नियुक्त

२०८१ फागुन २६ गते सोमबार ।
बैंकको खबर । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बालनरसिंह घर्ती (बिएन) नियुक्त भएका छन् ।
कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले घर्तीलाई सीईओ नियुक्त गरेको हो । उनी फागुन २६ गतेदेखि नै सीईओको जिम्मेवारी सम्हाल्नेगरी नियुक्त भएका हुन् । उनी चार वर्षका लागि नियुक्त भएका हुन् ।
All banking information at your fingertips.