बैंकिङ निक्षेप ६७ खर्ब ४० अर्ब पुग्यो

बैंकिङ निक्षेप ६७ खर्ब ४० अर्ब पुग्यो

२०८१ फागुन १३ गते मंगलबार ।
 

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपको आकार ६७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनि कगरेको तथ्यांकअनुसार गत आइतबार मात्रै प्रणालीमा छ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । 

आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको आकार ५४ खर्ब ४१ अर्ब रुपैयाँ छ । आइतबार एक दिनमा एक अर्ब रुपैयाँ कर्जा थपिएको छ । 

यस अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४१ प्रतिशत रहेको छ । अर्थात कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था भएपनि बैंकहरुले जम्मा ७९.४१ प्रतिशतमात्रै लगानी गरेका छन् । 

यहीकारण प्रणालीमा अहिले अधिक तरलताको स्थिति छ । तथ्यांकअनुसार बैंकिङ प्रणालीमा अहिले पनि छ खर्ब २५ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । अर्थतन्त्र सुस्त हुँदा बैंकहरुले कर्जा विस्तार गर्न सकिरहेका छैनन् । त्यसैले लगानीयोग्य पैसा थुप्रिदै गएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस