नेपालमा एमसीसी परियोजना स्थगित

२०८१ फागुन ६ गते मंगलबार ।
काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित परियोजना स्थगित भएको छ ।
अर्थमन्त्रालयले एमसीसी कर्पोरेसनले २०८१ फागुन २ गतेको इमेल पत्रमार्फत् नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको जानकारी आएको जनाएको छ।
अमेरिकी राष्ट्रपतिको गत जनवरी २० मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको मन्त्रालयले जनाएको छ ।