पाँच महिनामा छ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो
२०८१ पुस २६ गते शुक्रबार ।
बैंकको खबर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा ४.४ प्रतिशतले धेरै हो । गतवर्ष साउन देखि मंसिरसम्म छ खर्ब १३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा अमेरिकी डलरमा चार अर्ब ६२ करोड भित्रिएको थियो ।
All banking information at your fingertips.