गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ किन्न लगानीकर्ताको भीड

गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ किन्न लगानीकर्ताको भीड

२०८१ पुस २३ गते मंगलबार । 

बीमा खबर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताको आकर्षण देखिएको छ । सोमबार साँझसम्म इन्स्योरेन्सको आईपीओमा एक करोड ४० लाख ७४ हजार नौ सय ९० कित्ताका लागि आवेदन परेको छ । 
१० लाख २७ हजार सात सय ४३ जना लगानीकर्ताले सेयर किन्न आवेदन दिएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । 

सोमबार साँझसम्म कम्पनीले मागेको भन्दा ७.६२ गुणा बढी आवेदन परेको छ । कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

आईपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस