गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईएपीओ खुल्यो

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईएपीओ खुल्यो

२०८१ पुस २१ गते आइतबार । 

बीमा खबर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ । 

इन्स्योरेन्सले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सधारण सेयर सर्वसाधारणका लागि बिक्री निष्काशनका लागि अनुमति पाएको थियो । सोमध्ये १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर म्यूचुअल फण्ड कम्पनीहरुलाई छुट्याएको छ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । कम्पनीको आईपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

आइपीओ खरिद गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनका लागि इन्स्योरेन्सले गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। जसले इन्स्योरेन्सको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।


शेयर गर्नुहोस