सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

१०८१ पुस ३ गते बुधबार ।

बैंकको खबर । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस २ गते बसेको १५१ औँ बैठकले हाल कायम चुक्ता पूँजीको ३.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमध्ये ३.६५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस