मुक्तिनाथ विकास बैंकले लाभांश वितरण नगर्ने

२०८१ पुस २ गते मंगलबार ।
बैंकको खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले लाभांश वितरण नगर्ने प्रस्ताव सहितको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
All banking information at your fingertips.