चार महिनामा पाँच खर्ब २१ अर्ब भित्रियो रेमिट्यान्स

२०८१ मंसिर २७ गते बिहीबार ।
बैंकको खबर । रेमिट्यान्स आप्रवाह बढेको छ । यस आर्थिक वर्षको साउन देखि कात्तिक मसान्तसम्म पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैेयाँ भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौे दशमलव एक प्रतिशतले बढेको छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.५६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.५२१ अर्ब ४३ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,४७,४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४,१०५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १३७,४७५ र ६८,८४१ रहेको थियो ।
All banking information at your fingertips.