एनएमबि बैंकले लाभांश वितरण नगर्ने
२०८१ मंसिर २३ गते आइतबार ।
बैंकको खबर । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारणसभाले पारित गर्नेछ।
All banking information at your fingertips.