झिनो अंकले घट्यो सेयरबजार

झिनो अंकले घट्यो सेयरबजार

सेयर खबर । सेयरबजार मंगलबार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.८५ अंकले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो ।

कारोबार भएका २४४ कम्पनीमध्ये १२७ वटाको सेयरमूल्य घटेको छ भने १०९ वटाको बढेको छ । दुई अर्ब २९ करोड १६ लाख रुपैयाँको ६१ लाख ३१ हजार छ सय २१ कित्ता सेयर किनबेच भएको छ । 

फाइनान्स, लगानी, जीवन बीमा लघुवित्त, म्युचुअल फन्ड र व्यापार समूह बढेका छन भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, र अन्य समूह घटेका छन्।

गुराँस लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गणपत्ति लघुवित्त सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै ज्योति विकास बैंक बण्ड–२०८७ को मूल्य ७.५० प्रतिशतले घटेको छ ।

मंगलबार लगानीकर्ताको सम्पत्ति जम्मा तीन अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ३१ खर्ब ८७ अर्बमा झरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस