बैंकहरुबाट कर्जा विस्तार नभएपछि राष्ट्र बैंकले बजारबाट ६० अर्ब तान्दै
२०८१ पुस ७ गते आइतबार ।
बैंकको खबर ।
बैंक तथा वित्तीय संस्थाले कर्जाको माग नहुँदा ऋण विस्तार गर्न सकिरहेका छैनन् । त्यसैले बैंकिङ प्रणालीम तरलता थुप्रिदै गएको छ ।
बैंकमाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले प्रणालीबाट निरन्तर तरलता खिच्दै आएको छ । आजपनि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ६० अर्ब खिच्न लागेको हो।
अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमा तीन प्रतिशत भन्दा पनि तल झरेको छ। जसले गर्दा केन्द्रीय बैंकलाई तरलता व्यवस्थापन गर्न सकस पर्दै आएको छ ।
राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो।
राष्ट्र बैंकमा निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले पुस ७ गते अपरान्ह ३ बजेसम्ममा आवेदन गर्न सक्ने छन्।
All banking information at your fingertips.