आजबाट गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुला

२०८१ मंसिर १९ गते बुधबार ।
बीमा खबर । आज मंसिर १९ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
इन्स्योरेन्सले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत (२२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर) आईपीओ निष्काशन गर्न लागेको हो । यसमध्ये १० प्रतिशत (२ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर) वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गर्न लागेको हो।
नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सो आईपीओ खरिद गर्न सक्नेछन् ।
इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।
All banking information at your fingertips.