सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८१ मंसिर १२ गते बुधबार ।

कर्पोरेट । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। होटलले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि  मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्दैछ। जसअनुसार आज (मंसिर १२ गते)सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजन सहित २६.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

होटल सञ्चालक समितिको  सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी, काठमाडौँमा ५०औँ वार्षिक साधारणसभा बोलाएको छ। 


शेयर गर्नुहोस