खल्तीबाट नाडा अटो शोको टिकट काट्दा २० प्रतिशत क्यासब्याक हुने

खल्तीबाट नाडा अटो शोको टिकट काट्दा २० प्रतिशत क्यासब्याक हुने

बैंक खबर । भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘नाडा अटो शो २०२३’सँग टिकटिङ् पार्टनरको रुपमा साझेदारी गरेको छ । यससँगै खल्ती प्रयोगकर्ताले ‘नाडा अटो शो २०२३’ को  टिकट खल्तीमार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन् । भाद्र २६ देखि भाद्र ३१ सम्म हुन गइरहेको यस एक्स्पोमा  बिद्यार्थीलाई १५० रुपैयाँ र अरुलाई २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । सो टिकट शुल्क खल्तीबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक हुने खल्तीले जनाएको छ । 

आयोजकका अनुसार यस वर्ष नाडा अटोमा १७ वटा चारपाङ्ग्रे, २३ वटा दुई पाङ्ग्रे, ६ वटा कमर्सियल भेहिकल कम्पनी, पाँच वटा बैंक तथा फाइनान्स कम्पनी र ३१ वटा स्पेयर पार्टस, लुब्रिकेन्ट र एसेसरिज गरी ८२ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी गर्दैछन् । यसका साथै सहभागीहरूले खल्तीको स्टल अवलोकन गरि खल्तीको विभिन्न अफरहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन ्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नाडा अटो शोसँग एक्सक्लुसिभ टिकटिङ् पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले भने ‘हाम्रो डिजिटल टिकटिङ् सुविधाले प्रदर्शनी स्थलमा भिड कमगरि भ्रमणकर्तालाई सहज बनाउने र प्रदर्शनीलाई अझै सफल बनाउने कुरामा विश्वस्त छौं ।’

खल्तीमा ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दाबढी व्यापारी, ५० भन्दाबढी बैंक तथा वित्तीय संस्था, एक हजार भन्दाबढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारीहरु परिवारको जोडिएका छन् । देशभर वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस