१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै सरकार
२०८१ मंसिर ११ गते मंगलबार ।
बैंकको खबर । सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । नेपाल सरकार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्ष अवधिको विकास ऋणपत्र–२०८४ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।
विकास ऋणपत्रको बोलकबोल मंसिर १२ गते हुने र निष्काशन मंसिर १३ गते हुने कार्यालयले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नगारिकले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् ।
ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
All banking information at your fingertips.