नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुस ४ गते डाक्यो वार्षिक साधारणसभा
२०८१ मंसिर ११ गते मंगलबार ।
बैंकको खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २०८१ पुस ४ गते बिहीबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन काठमाडौंको बबरमहल स्थित कार्की ब्यांकेटमा बिहान नौ बजे डाकेको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । जसअनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले वार्षिक साधारणसभामा सहभागि हुन पाउनेछन् ।
All banking information at your fingertips.