गार्डियन माईक्रो लाईफले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न स्वीकृति

गार्डियन माईक्रो लाईफले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न स्वीकृति

२०८१ मंसिर १० गते सोमबार । 

बैंकको खबर । गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन गर्न स्वीकृती  पाएको छ । इन्स्योरेन्सले मंसिर ७ गते सार्वसाधारणलाई सेयर बिक्री गर्ने अनुमति पाएको जनाएको छ ।

इन्स्योरेन्सले कुल पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ ।

इन्स्योरेन्सको आईपीओ निष्काशन सम्बन्धी कार्य गर्नका लागि कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस